चालु आवमा हालसम्म रु. १ खर्ब २ अर्ब राजस्व असुली
corporatenepal.com · Wed Sep 23 11:19:56 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ का लागि भन्सार विभागको वार्षिक राजस्व लक्ष्य रु. ६ खर्ब २८ अर्ब रहेकोमा असोज ६ गतेसम्म रु. १ खर्ब २ अर्ब राजस्व असुली भएको छ । चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजस्व रु. ५ खर्ब २७ अर्ब रहेको छ ।
तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा नरहेको विषम परिस्थितिका बीच पनि सम्पूर्ण भन्सार प्रशासनको अथक प्रयासबाट असोज ६ गतेसम्म रु. १ खर्बभन्दा बढी राजस्व संकलन गर्न भन्सार विभाग सफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)