सङ्क्रामक पशु रोग नियन्त्रणका लागि कानुनी व्यवस्थामा मन्त्री चौधरीको जोड
reportersnepal.com · Wed Sep 23 11:24:45 GMT 2026

काठमाडौँ, ७ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुपन्छी तथा मत्स्य क्षेत्रमा देखिने सङ्क्रामक तथा महामारीजन्य रोगको शीघ्र पहिचान, रोकथाम र नियन्त्रणका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सङ्क्रामक रोग नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्था पर्याप्त नरहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)