कान्ति राजमार्ग र भैंसे–भीमफेदी–कुलेखानी सडकमा राति गाडी चलाउन रोक
nepalnews.com · Wed Sep 23 11:27:44 GMT 2026

हेटौंडा। भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैंसे–भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती सडकमा सवारी सञ्चालनको समय निर्धारण गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)