मौसमी सतर्कता अपनाउन प्रधानमन्त्री बालेनको आग्रह
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज ९ गतेदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)