कालिकोटमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १२ जनाविरुद्ध मुद्दा
nepalpress.com · Wed Sep 23 11:28:30 GMT 2026

काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिकामा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोट, तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिर बहादुर बमसहित १२ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले तत्कालीन भूमिसम्बन्धी समस्यासमाधान आयोगजिल्ला समितिका अध्यक्ष धिर बहादुर बम, विज्ञ सदस्य रमेश नेपाली, सदस्य राजेन्द्र बहादुर, मालपोत कार्यालय कालिकोटका तत्कालीन कार्यालय प्रमुख नेत्र बहादुर शाही,मालपोत कार्यालय कालिकोटका सहायक कम्प्युटर अपरेटर विरेन्द्र बहादुर शाही,खाँडाचक्र नगरपालिका वडा नं.१ का तत्कालीन का.वा. वडाअध्यक्ष -वडा सदस्य_ भरत बहादुर शाही, मालपोत कार्यालय,-हाल भूमि प्रशासनकार्यालय_ कालिकोटका तत्कालीन नायब सुब्बा मुकुन्द बस्नेत, कार्यालयसहयोगी -करार_ भक्त बहादुर शाही, कित्ता नं. ९२१ कोजग्गा प्राप्त गर्ने दिप बहादुर शाही ,कित्ता नं. ९२१ को जग्गा खरिद गर्ने नरेन्द्र बहादुर थापा र अंखपुरा शाहीकाे मिलेमतोमा सरकारी सम्पत्तिमा गैरकानुनी लाभ वा हानी तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)