भोटेकोशी बाढी प्रकरण : बेपत्ताको खोजी र छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन
reportersnepal.com · Wed Sep 23 11:29:15 GMT 2026

काठमाडौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
गत भदौ १० गते आएको विनाशकारी बाढीमा माथिल्लो त्रिशूली–३ ‘१’ आयोजनाको क्याम्पबाट केही व्यक्ति बेपत्ता भएको भन्दै उनीहरूले बेपत्ताको तत्काल खोजी गर्न माग गरेका छन्। प्रदर्शनमा सहभागी परिवार तथा आफन्तले बाढी आउनुअघिको क्याम्प क्षेत्रको सीसीटीभी फुटेज सार्वजनिक गर्नसमेत माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)