स्वास्थ्य मन्त्रालयका सहप्रवक्तालाई प्रश्न : सल्यानमा स्क्रब टाइफसको सङ्क्रमण प्रकोपका रूपमा फैलिएको हो ?
ratopati.com · Wed Sep 23 11:32:57 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले सल्यानको दार्मामा फैलियो स्क्रब टाइफस संक्रमणप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सल्यानको दार्मा गाउँपालिकामा पछिल्लो एक महिनामै स्क्रब टाइफस सङ्क्रमणका कारण अस्पतालमा उपचाररत ७ जनाको निधन भइसकेको बताए । सङ्क्रमणको दर तीव्र रूपमा बढे पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण किटको चरम अभाव देखिएको बताए ।
यस विषयमा स्वास्थ्य मन्त्रालयले स्क्रब टाइफस लगायतका सम्भावित सङ्क्रामक रोगहरूको समयमै पहिचान र उपचारका लागि देशभरका जोखिमयुक्त क्षेत्रहरूमा द्रुत परीक्षण किट वितरण तथा आवश्यक प्रबन्ध मिलाइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)