नागरिकसँग पार्टीलाई जोड्न वडा र पालिका तह बलियो हुनुपर्छ : प्रदीप पौडेल
nepalsamaya.com · Wed Sep 23 11:33:50 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकसँग पार्टीको सम्बन्ध सुदृढ बनाउन वडा र पालिका तह सशक्त, संगठित र गतिशील हुनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले स्थानीय तहमै पार्टी कमजोर भए नागरिकसँगको सम्बन्ध टुट्ने बताएका हुन्।
वडा तह पार्टीको विचार र सन्देश सम्प्रेषण गर्ने आधारभूत संरचना भएको उल्लेख गर्दै महामन्त्री पौडेलले भने, ‘नेपाली कांग्रेसको सन्देश र विचार सम्प्रेषण गर्ने सबैभन्दा तल्लो तह वडा हो। वडा र पालिका तहमा कांग्रेस मजबुत, संगठित र गतिशील हुन सकेन भने पार्टीलाई नागरिकसँग जोड्न सकिँदैन। नागरिकसँग जोडिन नसके कांग्रेसका संरचनागत समितिहरू त रहलान्, तर नागरिकसँगको सम्बन्ध टिक्न सक्दैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)