एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुन सक्ने
gorkhapatraonline.com · Wed Sep 23 11:32:26 GMT 2026

यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु हुन सक्ने एक अध्ययनले चेतावनी दिएको छ ।
युनिभर्सिटी अफ सिकागोस्थित क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धान कर्ताले जुन २०२६ देखि फेब्रुअरी २०२७ सम्म एल निनोका कारण हुने अतिरिक्त गर्मीजन्य मृत्युको यस्तो अनुमान गरेका हुन् । जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ्दो ऊर्जा लागतको सामना गरिरहेका गरिब तथा विकासोन्मुख देशमा यसको प्रभाव बढी पर्ने अध्ययनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)