सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
kendrabindu.com · Wed Sep 23 11:33:19 GMT 2026

महेन्द्रनगर । आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा पनि सजकता अपनाउँदै विपद् प्रतिकार्यका लागि सरोकारवाल संयन्त्र तयारी अवस्थामा राखिएको छ ।
सम्भावित वर्षात्मा उच्च जोखिममा रहेका बझाङ, बाजुरा, दार्चुला र अछाममा उच्च सर्तकता अप्नाउन ‘एलर्ट’ जारी गरिएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरीया, कैलालीका निमित्त प्रमुख सञ्जयकुमार शाहले जानकारी दिए । “चुरे क्षेत्रमा वर्षात् हुने भएकाले यी दुई जिल्लालाई पनि उच्च जोखिममा राखेर एर्लट गरिएको छ” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)