नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ajakoartha.com · Wed Sep 23 11:30:00 GMT 2026

काठमाडौं- नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसंग भेटगरी हालै रसुवामा गएको भिषण बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको छ ।
उक्त छलफलमा नाडाका अध्यक्ष उपे्रतीले यही २०८३ भाद्र १० गते रसुवा र टिमुरे लगायतका विभिन्न क्षेत्रमा गएको भिषण वाढिका कारण दशैको सीजनलाई ध्यानमा राखि सयौको सख्यामा चीनबाट आयातित सवारी साधनहरु मध्ये धेरै सख्यामा रसुवा नाकाबाट बाढीले बगाएको सन्दर्भमा जानकारी दिनु हुदै पीडित पैठारीकर्ताहरुले सरकारकातर्फबाट पाउनु पर्ने राहतका विषयमा छिटो भन्दा छिटो कार्यान्वयनका लागि समेत आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)