बाहिर रहेका नेताहरू पार्टीको मुलधारमा आइदिनुस्- महामन्त्री पौडेल
setopati.com · Wed Sep 23 11:28:00 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारूढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा नेपाली कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताएका छन्।
‘सत्तारूढभन्दा प्रमुख प्रतिपक्ष पार्टी नेपाली कांग्रेस बढी जिम्मेवार र परिपक्व हुनुपर्ने स्थिति छ। तसर्थ, हामीले जिम्मेवार ढंगबाट भूमिका खेल्ने वातावरण बनाउनुपर्छ र १५औँ महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले यस चुनौतीपूर्ण भूमिकालाई सशक्त ढंगले निर्वाह गर्ने विश्वास छ,’ बुधबार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)