१० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल
lokaantar.com

देशकै सबैभन्दा बढी धान उत्पादन गर्ने मधेश प्रदेशका किसानलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित आरजु राइस मिल प्रालिले मधेश प्रदेश विशेष गरी सर्लाही, रौतहटबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो जातका वर्षे धान खरिद गर्ने योजना अघि सारेको छ । प्रस्तावित खरिदको कुल मूल्य करिब ३९ करोडभन्दा बढी हुनेछ ।
आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेख्दै किसानले उत्पादन गरेको धानलाई पूर्वघोषित न्यूनतम् समर्थन मूल्यका आधारमा खरिद गर्ने र किसानलाई बजारसँग प्रत्यक्ष जोड्ने पहल अघि सारेका हुन् । मिलको प्रस्तावअनुसार किसानले न्यूनतम् समर्थन मूल्यको वास्तविक लाभ लिन सकून् भन्ने उद्देश्यले बजार, ढुवानी, संकलन तथा गुणस्तर व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)