भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता
canadanepal.com · Wed Sep 23 11:34:09 GMT 2026

कैलाली - असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमसहित विभिन्न क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमानपछि कैलालीमा बाढी, पहिरो, नदी कटान तथा डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाइने भएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको आज बसेको बैठकले नेपाल मौसम विज्ञान विभागले उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्लाभर आवश्यक पूर्वतयारी र प्रतिकार्यका कामलाई तीव्रता दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)