भारतलाई पनि ड्रोन बेचिरहेको अमेरिकी कम्पनीसँग पाकिस्तानको रक्षा सम्झौता
barnanmedia.com · Wed Sep 23 11:30:54 GMT 2026

पाकिस्तानले अमेरिकी ड्रोन कम्पनी पावरससँग मानवरहित हवाई प्रणाली खरिदका लागि सम्झौता गरेको छ। तर कम्पनीले भारतमा पनि आफ्नो ड्रोन प्रविधि बिक्री गरिरहेको र उसका एक सहसंस्थापक इजरायली सेनाका पूर्वसैनिक रहेको खुलेपछि सम्झौतामाथि प्रश्न उठेका छन्।
सेप्टेम्बर १६ मा पावरसको प्रतिनिधिमण्डलले पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरसँग रावलपिन्डीस्थित सैन्य मुख्यालयमा भेटवार्ता गरेको थियो। त्यसको भोलिपल्ट कम्पनीले पाकिस्तानको रक्षा मन्त्रालयबाट ‘सीमित खरिद आदेश’ प्राप्त भएको र पाकिस्तानी सेनासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)