कालिकोटमा सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
bishowkhabar.com · Wed Sep 23 11:32:48 GMT 2026

काठमाडौं– कालिकोटमा सरकारी तथा नगर विकास समितिको करोडौँ मूल्यको जग्गा प्रक्रिया मिचेर व्यक्तिको नाममा पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग, कालिकोटका जिल्ला समिति अध्यक्ष धिरबहादुर बमसहित सरकारी कर्मचारी, जनप्रतिनिधि तथा सरकारी जग्गा प्राप्त गर्ने व्यक्तिहरूविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)