भारी वर्षाको जोखिम: विपद् न्यूनीकरणका लागि सरकार ‘हाई अलर्ट’मा, प्रतिघण्टा पूर्वसूचना दिइने
reportersnepal.com · Wed Sep 23 11:33:27 GMT 2026

काठमाडौँ। आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना देखिएपछि सम्भावित बाढी, पहिरो तथा मौसमी विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अपनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित क्षति न्यूनीकरणका लागि अनुगमन, निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने भएको छ।
प्राधिकरणका अनुसार नदीको जलसतह, वर्षाको मात्रा र सम्भावित जोखिमको ‘रियल टाइम’ निगरानी गर्दै सर्वसाधारणलाई हरेक घण्टा पूर्वसूचना तथा अद्यावधिक विवरण उपलब्ध गराइनेछ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी कुन नदीमा बाढीको सतह कहिले खतराको तहमा पुग्न सक्छ र त्यसको सम्भावित प्रभाव कुन क्षेत्रमा पर्न सक्छ भन्नेबारे प्राविधिक विश्लेषण गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)