ट्रम्प-गुटेरेसको टकराव, लुलाको बहुपक्षीयता र बालेनको परीक्षा
himalpress.com · Wed Sep 23 11:34:58 GMT 2026

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय बहस न्युयोर्कमा मंगलबार सुरु भएको छ। ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ नारासहित यस वर्षको महासभा सुरु भएको हो। दक्षिण एसियाली राष्ट्र बंगलादेशका खलिलुर रहमान यस सत्रका महासभा अध्यक्ष हुन्। बहस २६ सेप्टेम्बरसम्म चल्नेछ। यसपटक १३० देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुख महासभामा सहभागी हुनेछन्।