ती ओली-देउवा-प्रचण्ड, अनि यी बालेन (भिडियो रिपोर्ट)
ratopati.com · Wed Sep 23 11:43:46 GMT 2026

काठमाडौँ । स्थान उही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पद देशको कार्यकारी प्रधानमन्त्री, जान लागेको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिका । तर फरक दृश्य ।
मंगलबार साँझ प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन अमेरिका उडे । त्यसक्रममा उनले देखाएको सादगीको सबैतिर प्रशंसा भइरहेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा बिदाइका लागि रेडकार्पेट सेनाको सलामी हुन्यो । उच्च पदस्थ कर्मचारीदेखि सांसद र मन्त्रीहरूको लस्कर हुन्थ्यो । प्रधानमन्त्रीको भ्रमण दलमा पत्नीसहित अन्य सदस्य सम्मिलित जम्बो टिम हुन्थयो । तर प्रधानमन्त्री बालेनको भ्रमण दल जम्मा चार सदस्यीय थियो । पत्नी सविना काफ्ले समेत थिइनन् । प्रधानमन्त्रीको बिदाइका लागि गृहमन्त्री र पर्यटनमन्त्री मात्रै उपस्थित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)