दुई महिनादेखि फोहर सङ्कलन हुन नसक्दा स्थानीय व्यवसायी, सर्वसाधारण र उपभोक्ता प्रभावित
barnanmedia.com · Wed Jul 22 22:05:56 GMT 2026

झापाको भद्रपुर शिवशताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारमा करिब दुई महिनादेखि फोहर सङ्कलन हुन नसक्दा स्थानीय व्यवसायी, सर्वसाधारण र उपभोक्ता प्रभावित भएका छन् ।
बजारको विभिन्न स्थानमा फोहर थुप्रिएपछि दुर्गन्ध फैलिनुका साथै सरसफाइमा समस्या देखिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार नगरपालिकाबाट नियमित रूपमा फोहर सङ्कलन हुन नसकेपछि घरघरमा थुप्रिएको फोहर अन्ततः बजार क्षेत्रमा ल्याएर राख्ने गरेका छन् । नियमित सरसफाइ शुल्क बुझाउँदै आए पनि समयमै सेवा नपाएको स्थानीय तेजप्रसाद बिमलिले गुनासो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)