मधेस प्रदेश सरकारले आफ्नै अग्रसरतामा छाप्न थाल्यो सवारी चालक अनुमतिपत्र
ratopati.com · Wed Sep 23 11:48:53 GMT 2026

जनकपुरधाम। मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले आफ्नै मातहत छपाइ गरिएका सवारी चालक अनुमतिपत्र बुधबार यातायात कार्यालयहरूलाई हस्तान्तरण गरेको छ ।
मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रदेशभरिका विभिन्न कार्यालयबाट माग अनुसार छपाइ गरिएका ३ हजार ८१ थान चालक अनुमतिपत्र वितरण गरेको हो । प्रदेशको श्रम तथा यातायातमन्त्री शारदा थापाले जनकपुर कार्यालयको अनुमतिपत्र यातायात कार्यालय प्रमुख वासुदेव मल्ललाई हस्तान्तरण गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)