अर्को वर्ष भेटौंला मनास्लु !
nepalnews.com · Wed Sep 23 11:45:42 GMT 2026
गोरखा। सातोरी एडभेन्चर प्रालिका फुर्ते शेर्पाले लेखेका छन्, “हिमाल जहिले पनि त्यहीं रहिरहनेछ, तर जीवन सबैभन्दा पहिले आउँछ। खराब मौसमका कारण सुरक्षित रहने निर्णय स्पष्ट भएपछि सातोरी एड्भेन्चर्स प्रालिको टोली सकुशल घरतर्फ फर्किंदैछ। अझै पनि हिमालमा रहनु भएका हाम्रा सम्पूर्ण साथीहरू, बलियो बन्नुहोस्, सुरक्षित रहनुहोस्, आफ्नो निर्णयमा विश्वास राख्नुहोस् र सकुशल घर फर्कनुहोस्। कुनै पनि शिखरको आरोहण जीवनलाई जोखिममा पार्न लायक हुँदैन। अर्को वर्ष भेटौंला, मनास्लु।”
मनास्लुमा रहेको समिट फोर्स टोलीका माइल्स शेर्पाले लेखेका छन्, “तीव्र हावा र निरन्तरको हिमपातले पर्वतारोहीलाई शिखरमा पुग्ने योजना पुनरावलोकन गर्न र क्याम्प १ र २ बाट आधार शिविरमा फर्कन बाध्य बनाएको छ।” आउँदै गरेको ढिलो मनसुनी आँधी प्रणालीले पहिले नै हिमपहिरोको जोखिममा रहेको हिमालमा थप हिउँ थुपार्ने शेर्पाको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)