जलवायु परिवर्तन र नेपालको पारिस्थितिक प्रणाली
baahrakhari.com · Wed Sep 23 11:47:29 GMT 2026

भौगोलिक संवेदनशीलता, भिरालो भूबनोट र कमजोर आर्थिक क्षमताका कारण जलवायु परिवर्तनको असर नेपालमा तीव्ररूपमा परिरहेको छ । नेपाल विश्वकै सबैभन्दा जलवायु संवेदनशील मुलुकहरूमध्ये एक हो । तराईदेखि उच्च हिमालसम्म (करिब ६० देखि ८,८४८ मिटरसम्म) ठूलो उचाइ भिन्नताका कारण यहाँ पाँच प्रमुख भू पारिस्थितिक क्षेत्र (हिमाली, उच्च पहाडी, मध्य पहाडी, सिवालिक र तराई) पाइन्छन् । नेपाल हिन्दुकुश हिमालय क्षेत्रमा पर्छ जुन विश्वको औसत तापक्रम वृद्धिदरभन्दा झन्डै तीन गुणा छिटो (प्रति दशक करिब ०.४° सेल्सियस) तातिरहेको छ । हिन्दुकुश हिमालय क्षेत्रलाई विश्वको 'तेस्रो ध्रुव' पनि भनिन्छ ।
काठमाडौं विश्वविद्यालयको सन् २०२६ को अध्ययनअनुसार अत्यधिक गर्मी र तीव्र वर्षाजस्ता चरम घटनाहरू पहिलेभन्दा तीन गुणासम्म बढी सम्भावित भएका छन् । तिनले बाढी, पहिरो र हिमताल विस्फोट बाढी (जीएलओएफ)को जोखिम बढाएको छ । नेपालमा करिब ३ हजार ८०८ हिमनदी (३ हजार ९०२ वर्ग किमी) छन् भन्ने कुरा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले सन् २०१० मा गरेको विस्तृत हिमनदी वैज्ञानिक अध्ययन प्रतिवेदनमा उल्लेख छ । तिनीहरू निरन्तर पग्लिँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)