सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरीमा संलग्न एक जना आरोपी पक्राउ
barnanmedia.com · Wed Jul 22 22:22:45 GMT 2026

सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरीमा संलग्न एक जना आरोपीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ स्थित हिमालीटोल घर भएका २३ वर्षीय नीराजन कुँवर छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो । काठमाडौँबाट पक्राउ परेका कुँवरलाई अनुसन्धानको लागि धनगढीमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कैलाश विष्टले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)