काठमाडौँ जिल्ला अदालतमा कार्यरत वरिष्ठ सईसहित ९ जना प्रहरीको जिम्मेवारी हेरफेर
ratopati.com · Wed Sep 23 11:50:29 GMT 2026

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षकसहित ९ प्रहरीको जिम्मेवारी हेरफेर गरिएको छ । अदालतको फैसला कार्यान्वयन इकाईमा कार्यरत वरिष्ठ सई नवराज देवकोटा र प्रहरी नायव निरीक्षक (सई) विकास थापा सहितका प्रहरी कर्मचारीहरूलाई त्यहाँबाट अन्यत्र सरुवा गरिएको छ ।
देवकोटालाई प्रहरी वृत्त मालिगाउँ र थापालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी सूर्यबहादुर खडकाले केही दिनअघि प्रहरी कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)