सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
gorkhapatraonline.com · Wed Sep 23 11:50:41 GMT 2026

सुडानमा पछिल्लो समय हिंसा बढ्दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन् गम्भीर बन्दै गएको भन्दै संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । हिंसाका कारण स्थानीय बजार प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिस आफ्नो घर छाडेर विस्थापित भएका छन् । उत्तर दारफुरमा भने रोटीको मूल्य उल्लेख्यरूपमा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)