राष्ट्रिय शोकलाई आत्मसात् गरेर प्रधानमन्त्रीले सलामी नलिएको भए स्वाभाविक रूपमा लिनुपर्छ : युवराज दुलाल
nepalpress.com · Wed Sep 23 11:50:57 GMT 2026

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने क्रममा प्रधानमन्त्रीले राष्ट्रिय सलामी नलिएको विषयलाई राष्ट्रिय शोकसँग जोडेको भए सामान्य रूपमा लिनुपर्ने बताएका छन्। विगतमा नियमित रूपमा अपनाइँदै आएको प्रोटोकलअनुसार राष्ट्रिय सलामी दिन प्रचलन रहेको उनको भनाइ छ।
उनले संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रिय शोकको अवस्थालाई नै उहाँले आत्मसात् गरेर राष्ट्रिय सलामी नलिने भनेको भए त्यसलाई स्वाभाविक रूपमा नै लिनुपर्छ। त्योभन्दा अरू कुरा हो भने देशको प्रधानमन्त्री औपचारिक हिसाबले अन्तर्राष्ट्रिय भ्रमणमा जाँदा राष्ट्रिय पहिचानको कुरा हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)