क्षमता र योग्यताको प्रतिस्पर्धा हुनुपर्नेमा महामन्त्री आचार्यको जोड
reportersnepal.com · Wed Sep 23 11:53:42 GMT 2026

दमौली (तनहुँ), ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।
रास्वपा तनहुँले आज आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताए । “नयाँ–पुरानो भन्ने कुरा रास्वपामा हुँदैन । तनहुँले पनि यही मर्मलाई अगाडि बढाओस्,” उनले भने, “तनहुँको पार्टी संरचनामा नयाँ र पुरानोबीच प्रतिस्पर्धाभन्दा पनि को अब्बल छ भन्ने कुराको प्रतिस्पर्धा होस् ।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)