‘विष्णु र शंकरले पानी छामे, चिसो भएपछि पाखा लागे’
ratopati.com · Wed Sep 23 11:56:57 GMT 2026

काठमाडौँ। झण्डै ६ महिना पार्टी पुनर्गठनको चर्को बहस गरेको नेकपा एमाले अन्ततः पुरानै नेतृत्व बोकेर हिँड्न राजी भएको छ । गत फागुनमा सम्पन्न निर्वाचनमा २७५ मध्ये २५ सिटमा खुम्चन पुगेको एमालेभित्र निर्वाचन लगत्तै पार्टी पुनगर्ठन, नेतृत्व हस्तानतरण र पुस्तानतरणको बहस चर्किएको थियो । उक्त बहस असोज पहिलो साता सम्म आइपुग्दा विषयान्तर मात्र भएन, पार्टी पुनर्गठनको पक्षमा उभिएका कतिपय शीर्ष नेताहरु नै अस्वभाविक रुपमा आफै परिवर्तन हुन पुगे । यसको उदाहरण हुन् एमाले उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेल । पौडेल र पोखरेल तिनै हुन् चुनावी पराजयपछि अध्यक्ष ओलीको नेतृत्वमा अब पार्टी अघि बढ्न सक्दैन भनेर कार्यकर्तामा आफै लविङ् गर्न पुगेका थिए ।
यसरी पुनर्गठनको मुद्दा पेचिलो बन्दै जान थालेपछि गत जेठमा पार्टी केन्द्रीय सचिवालय बैठक नै बसेर निर्वाचन समिक्षासहित पुनर्गठनको योजना पेश गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वको १५ सदस्यीय कार्यदल गठन भयो । उक्त कार्यदलले चार महिना लगाएर देशव्यापी सुझाव संकलन पनि गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)