पेस्तोल बोकेर घुम्दै गरेका भारतीय नागरिक पक्राउ
annapurnapost.com · Wed Sep 23 11:48:17 GMT 2026

बारा : प्रहरीले रौतहटबाट बुधबार कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी श्रीपुर ग्रामका ३७ वर्षीय गोविन्द दास रहेका छन् ।
पेस्तोल बोकेर हिँडिरहेको सूचना पाएपछि प्रहरी चौकी नरकटिया मोतिपुरका प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर श्रेष्ठ र सशस्त्र प्रहरीको बंकुलस्थित पोष्टका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार उमेशप्रसाद यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले दासलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)