मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र सतर्कता अपनाउन प्रमको आग्रह
nepaltvonline.com · Wed Sep 23 11:55:58 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले आज सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज ९ गतेदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्र्दै त्यस्तो आग्रह गर्नुभएको हो । साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)