एसियाड महिला कबड्डीमा नेपाल चिनियाँ ताइपेइसँग पराजित
ratopati.com · Wed Sep 23 12:00:54 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा आफ्नो दोस्रो खेलमा नेपाल चिनियाँ ताइपेइसँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपाल चिनियाँ ताइपेइसँग ३७–१८ अंकले पराजित भएको हो ।
पहिलो हाफमा १३–१३ को बराबरी खेलेको नेपाल दोस्रो हाफमा २४–५ अंकको फराकिलो अन्तरले पछि पर्यो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ अंकले पराजित गरेको थियो । कबड्डीको महिला स्पर्धामा आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’मा थाइल्यान्डसँगै श्रीलंका र चिनियाँ ताइपेइसँग रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)