एमाले नयाँ ढंगले अघि बढ्नुपर्छ : राधिका खतिवडा
nepalpress.com · Wed Sep 23 12:09:25 GMT 2026

काठमाडौं । एमाले केन्द्रीय सदस्य राधिका खतिवडाले पछिल्लो राजनीतिक घटनाक्रमबाट पाठ सिक्दै पार्टीलाई जनतासँग थप जोडेर अघि बढाउनुपर्ने बताएकी छन्। उनले पार्टीको संगठन सुदृढीकरणसँगै जनताका मुद्दालाई केन्द्रमा राखेर आगामी राजनीतिक कार्यक्रम तय गर्नुपर्ने धारणा राखेकी छन्।
केन्द्रीय कमिटी बैठकमा बोल्दै खतिवडाले पार्टीले पछिल्लो निर्वाचन र त्यसअघिका घटनाक्रमको गम्भीर समीक्षा गर्नुपर्ने बताइन्। पार्टीभित्र देखिएका कमजोरी पहिचान गरी संगठनलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)