अटोमोबाइल व्यवसायी मेघराज पौडेल बने एफएनसीसीआईको यातायात समितिको उपसभापति
baahrakhari.com · Wed Sep 23 12:13:47 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अटोमोबाइल व्यवसायी मेघराज पौडेललाई यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरेको छ।
महासंघले कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठन गरेको समितिको उपसभापतिमा पौडेललाई जिम्मेवारी दिएको हो। यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव उपयोगी हुने महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)