पाकिस्तान–अफगानिस्तान सीमामा फेरि तनाव
khabarhub.com · Wed Sep 23 12:15:28 GMT 2026

पेसावर- पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिवान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको बताएका छन्। अफगानिस्तानले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दाबी गरेको छ।
पाकिस्तानी अधिकारीहरूका अनुसार आतङ्कवादी समूहको सीमापार घुसपैठ प्रयास विफल पारेपछि अफगान तालिवान सेनाले पाकिस्तानी सीमा चौकीलाई लक्षित गरी गोलाबारी गरेको हो। त्यसपछि पाकिस्तानी सेनाले जबाफी कारबाही गर्दै अफगान तालिबानका सीमा चौकी, मोर्टार प्रहार गर्ने स्थान र अन्य रक्षात्मक संरचनालाई तोपखानाबाट निशाना बनाएको उनीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)