लुम्बिनीमा डार्सी सर्टको निरन्तरता
baahrakhari.com · Wed Sep 23 12:17:00 GMT 2026
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि अस्ट्रेलियन ब्याटर डार्सी सर्टलाई निरन्तरता दिएको छ ।
गत वर्ष लुम्बिनीलाई च्याम्पियन बनाउन सर्टले प्रमुख भूमिका खेलेका थिए । उनले सबै १० खेल खेल्दै एक अर्धशतकसहित २५६ रन बनाएका थिए । लुम्बिनी लायन्सबाट उनले भन्दा बढी रन कप्तान रोहित पौडेलले मात्र बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)