मुस्ताङका पदमार्गमा जान रोक
ratopati.com · Wed Sep 23 12:26:09 GMT 2026

मुस्ताङ। मौसम खराब हुने सूचनापछि मुस्ताङका पदमार्गमा पदयात्रा रोक लगाइएको छ । हिमपात र पहिरोको जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय मुस्ताङले असोज ९ देखि ११ गतेसम्म उच्च लेकमा पर्ने ५ वटा पदमार्गमा रोक लगाएको हो।
अत्यन्त जरुरी कामबाहेक रातिको समयमा यात्रा नगर्न समेत जिल्लाका सबैमा अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्ने भन्दै सचेतनात्मक सूचना निकालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)