बीपी राजमार्गमा राति सवारी आवागमनमा रोक
ratopati.com · Wed Sep 23 12:29:18 GMT 2026

काभ्रेपलाञ्चोक । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने भएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोस्ट, काभ्रेपलाञ्चोकको बुधबार बसेको बैठकले गरेको निर्णयअनुसार असोज ८ गतेदेखि असोज १२ गते बिहानसम्म बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)