पार्टीलाई अन्त्यहीन बहसको 'डिबेट क्लब'जस्तो बनाउनु हुँदैन : सूर्य थापा
baahrakhari.com · Wed Sep 23 12:29:46 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापाले पार्टीलाई अन्त्यहीन बहसको 'डिबेट क्लब'जस्तो बनाउन नहुने टिप्पणी गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव ११औँ महाधिवेशनबाटै खारेज भएको बताए ।
“पार्टी अध्यक्षले मार्गप्रशस्त गर्नुपर्छ भन्ने प्रस्ताव विभिन्न तहका बैठक र ११औँ महाधिवेशनको ७५ प्रतिशत मतबाट अस्वीकृत भइसकेपछि त्यसलाई निरन्तर मिडियामा लगेर माहोल बनाउन खोज्ने कार्य उचित होइन,” उनले बैठकमा भने, “पार्टीलाई अन्त्यहीन बहसको डिबेट क्लबजस्तो बनाउनु हुँदैन । व्यक्ति मन पर्ने वा नपर्ने हुन्छ, तर महाधिवेशनको फैसला, विधि र पद्धतिको कार्यान्वयन हरेकका लागि स्वेच्छिक नभएर बाध्यकारी हुनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)