भारी वर्षाको सम्भावनाबिच कांग्रेस अधिवेशनमा सचेत रहन निर्वाचन अधिकृतलाई निर्देशन
ratopati.com · Wed Sep 23 12:35:07 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै पार्टीका अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्थाप्रति सचेत रहन सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिमा जल तथा मौसम विभागबाट प्राप्त जानकारीअनुसार असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान रहेकाले अधिवेशन सञ्चालन गर्दा आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)