व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा
nepallive.com · Wed Sep 23 12:36:40 GMT 2026

काठमाडौं – नेपालमा लगानी तथा व्यावसायिक प्रयोजनका लागि लिएको भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि ८८ जना चिनियाँ नागरिक कारबाहीमा परेका छन्। अध्यागमन विभागले उनीहरूको व्यावसायिक भिसा रद्द गरी जरिवानासहित नेपालबाट निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।
अध्यागमन विभागले सम्बन्धित निकायसँगको समन्वयमा गरेको अनुगमनका क्रममा विदेशी नागरिकहरू आफूले भिसा प्राप्त गर्दा उल्लेख गरेको व्यवसाय वा लगानीसँग सम्बन्धित कामभन्दा फरक प्रकृतिको रोजगारी, श्रम तथा अन्य गतिविधिमा संलग्न रहेको भेटिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)