मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डका प्रिय कार्यकर्ताले कुम्लाएको ८०० रोपनी जग्गा सरकारीकरण

barnanmedia.com · Wed Aug 13 21:40:44 GMT 2025

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रिय कार्यकर्ता हुन् रेवतराज पुरी (गगन पुरी)।

झापाका पुरी माओवादी कोशी प्रदेश कमिटीका पूर्वकोषाध्यक्ष र झापा जिल्लाका प्रभावशाली स्थानीय नेता हुन्। प्रचण्डले नै हुर्काइ बढाइ गरेका पुरी झापाले दमकस्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको मुद्दामा भ्रष्टाचारी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको बुधबारको संयुक्त इजलासले दुई छुट्टाछुट्टै मुद्दामा पुरीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो। एक मुद्दामा ९ जना र अर्को मुद्दामा १० जनालाई दोषी ठहर गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)