पिमलटार–जागाराम झोलुंगे पुलको पुनर्निर्माण सकियो
baahrakhari.com · Wed Sep 23 12:43:36 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण कार्य सम्पन्न गरी सरकारले आवतजावत पूर्णरूपमा सुचारु गरेको छ ।
बाढीबाट क्षतिग्रस्त उक्त पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गरी आज जाली राख्ने कार्य पूरा भएसँगै पुल सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)