मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ

rajdhanidaily.com · Sun May 12 23:02:56 UTC 2024

काठमाडौं । साउदीले श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय जनालाई पक्राउ गरेको जनाएको छ । साउदीको एक आधिकारिक प्रतिवेदनअनुसार १२ हजार ९ सय ६१ जनालाई आवास कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ भने अवैध सीमा पार गर्ने ४ हजार १ सय ७७ र श्रमसम्बन्धी मुद्दामा २ हजार ५ सय ७२ जनालाई पक्राउ गरिएको छ ।

४६ जना छिमेकी मुलुकमा प्रवेश गर्ने प्रयासमा पक्राउ परेका थिए भने १२ जनालाई ढुवानी र उल्लंघन गर्नेहरूलाई आश्रय दिनेमा संलग्न भएको आरोपमा पक्राउ गरिएको जनाइएको छ । साउदीको गृह मन्त्रालयले यातायात र आश्रय प्रदान गर्नेलगायत राज्यमा अवैध प्रवेशमा सहजीकरण गरेको पाइएमा बढीमा १५ वर्षसम्म कैद, १० लाख साउदी रियालसम्मको जरिमाना तथा सवारीसाधन र सम्पत्ति जफत गर्न सकिने बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)