महासंघअन्तर्गतका थप दुई विषयगत समितिमा सल्लाहकार तथा सदस्य मनोनित
corporatenepal.com · Wed Sep 23 12:54:40 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघका विषयगत समितिहरूलाई निजी क्षेत्रका समस्या, सम्भावना र नीतिगत विषयमा गहन अध्ययन गरी संस्थागत धारणा निर्माण गर्ने प्रमुख संयन्त्रका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका ‘स्थल यातायात तथा पारवहन समिति’ र ‘सूचना तथा सञ्चार प्रविधि विकास समिति’ मा मनोनित सहसभापति, सदस्य तथा सल्लाहकारहरूलारुलाई पत्र हस्तान्तरण गर्न महासंघ सचिवालय टेकुमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विषयगत समितिहरूले आ–आफ्नो क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधानका लागि स्पष्ट नीतिगत सुझाव दिन आग्रह गरे । साथै उनले सरकारसँगको संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउन समितिहरूको विशेषज्ञता र सक्रियता अपरिहार्य रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)