विपद् खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनामा २ प्रतिशत सेयर दिइने
onlinekhabar.com · Wed Sep 23 12:50:31 GMT 2026

७ असोज, काठमाडौं । नेपालमा प्राकृतिक विपद्का समयमा आफ्नो ज्यानको बाजी लगाएर खोज तथा उद्धार कार्यमा खटिने सुरक्षा निकायको योगदानको उच्च कदर गर्दै सरकारले जलविद्युत् आयोजनाहरूमा उनीहरूका लागि सेयर सुनिश्चितता प्रदान गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा विभिन्न विद्युत् आयोजनाले सर्वसाधारण र स्थानीयका लागि सेयर निष्कासन गर्दा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको योगदानलाई सम्मान स्वरूप २ प्रतिशत हिस्सा सुरक्षित (आरक्षित) गर्ने गरी आवश्यक कानुनी तथा नीतिगत व्यवस्था मिलाउने प्रक्रिया सुरु गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)