कांग्रेस महाधिवेशन : ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सम्पन्न
nepalnews.com · Wed Sep 23 13:03:28 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर पालिका अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ७ असोजसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन तथा बन्द सत्रसहितको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ।
समितिका अनुसार बाँकी २४१ पालिकामा अधिवेशन प्रक्रिया ८ र ९ असोजमा जारी रहनेछ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ केन्द्रीय महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म आयोजना हुँदैछ। सोही महाधिवेशनको तालिकाअनुसार अहिले देशभरका स्थानीय तहमा अधिवेशन भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)