मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

rajdhanidaily.com · Sun May 12 23:10:35 UTC 2024

दैलेख । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, खच्चे गैराका ५५ वर्षीय मानबहादुर रावल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको दैलेख प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । उनका अनुसार ट्याक्टरमा सवार ६ जना घाइते भएका छन् ।

आइतबार करिब ४ः३० बजेतिर दुल्लु नगरपालिका–६, धाडाको जंगलस्थित भित्री सडकखण्डमा भे१त८९६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)