इजरायल पठाउने भन्दै पत्रकारले अढाई करोड असुलेको आरोप, डेढ करोड कांग्रेस नेतालाई दिएको बयान
barnanmedia.com · Wed Sep 23 13:02:52 GMT 2026

इजरायलमा केयरगिभरका रूपमा रोजगारीमा पठाइदिने आश्वासन दिएर १५६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ उठाएको आरोपमा पक्राउ परेका कांग्रेस नेता भरत चौलागाईं र बालिका सिवाकोटीमाथिको अनुसन्धानमा रकमको लेनदेनसम्बन्धी नयाँ दाबी सार्वजनिक भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार सन् २०२४ मा नेपाल–इजरायल सरकारबीचको ‘जीटुजी’ प्रक्रियाअन्तर्गत लिइएको परीक्षामा सहभागी तर ‘लक्की ड्र’बाट छनोट हुन नसकेका व्यक्तिहरूलाई इजरायल पठाइदिने भन्दै उनीहरूले रकम लिएको आरोप छ। प्रारम्भिक अनुसन्धानमा प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम उठाइएको र कुल रकम करिब २ करोड ५० लाख रहेको खुलेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)