विभागले एकैपटक ८८ जना चिनियाँ नागरिकको भिसा रद्द, जरिवाना तिराएर ‘डिपोर्ट’ गर्ने तयारी
barnanmedia.com · Wed Sep 23 13:06:30 GMT 2026

अध्यागमन विभागले एकैपटक ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरेको छ।
व्यावसायिक भिसा लिई नेपाल बस्दै आएका उनीहरूले भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएकोले भिसा रद्द गरेर डिपोर्ट (स्वदेश फिर्ता) को प्रक्रिया अगाडि बढाइएको अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले जानकारी दिए। उनीहरू सिन्धुलीको मरिण गाउँपालिका–४ साहानस्थित छेन्दु टियान फुट लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फुड्स प्रालि (नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्पर्ट टु चाइना प्रोजेक्ट) मा कार्यरत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)